१५ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

‘राजनीति छाडेर भाग्दिन, पद ओगटेर मात्र पनि बस्दिन’

नेकपाका सहसंयोजक माधव कुमार नेपालले आफूले राजनीतिबाट विश्राम नलिने तर पदमै झुण्डिएर मात्र पनि नबस्ने बताएका छन्।

मङ्गलबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेतृत्व हस्तान्तरणका लागि आफू सधैँ सकारात्मक रहेको सुनाए।

पार्टीको आगामी राष्ट्रिय महाधिवेशनका सन्दर्भमा बोल्दै सहसंयोजक नेपालले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउ युवा सहभागिता चाहिने बताए। ‘म राजनीति छाडेर भाग्ने मान्छे होइन, तर पद ओगटेर मात्र बसिरहने मान्छे पनि म होइन,’ उनले भने, ‘युवाहरू नेतृत्वमा आउनुपर्छ र उनीहरूलाई उचित जिम्मेवारी दिइनुपर्छ भन्ने मेरो मान्यता हो।’

उनले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने तय भएको जानकारी दिए।

महाधिवेशनअघि जेठ मसान्तसम्ममा सङ्गठनको एकीकरण र समायोजनका सबै कामहरू टुङ्ग्याइने उनले बताए। यसबीचमा वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरी पार्टीलाई पूर्ण रूपमा महाधिवेशनमा केन्द्रित गरिने उनको भनाइ छ।

सिङ्गो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सहसंयोजक नेपालले एकीकृत शक्तिले मात्रै समाजवादको यात्रा तय गर्न सक्ने दाबी गरे।

प्रकाशित: १५ वैशाख २०८३ २०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App