२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनीका सभामुख घर्तीमगरको स्वकीय सचिवालय विघटन

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन्। पाँच जनाको उक्त सचिवालयलाई मंसिर एक गतेदेखि बिघटन गरिएको हो। प्रदेश सभा सचिवालयका अनुसार, उनीहरुले कात्तिक मसान्तसम्मको सबै सुविधा पाउनेछन्।  

सभामुख घर्तीमगरको सचिवालयमा स्वकीय सचिव (उपसचिवस्तर) पदम सोमैसहित अधिकृत स्तरको सहायक स्वकीय सचिव, प्रेस संयोजक, कम्युटर अपरेटर र कार्यालय सहयोगी थिए ।  

सभामुख घर्तीमगरले स्वकीय सचिवालय विघटन गर्नुमा व्यक्तिगत कारण रहेको बताएको प्रदेश सभा सचिवालयका प्रवक्तासमेत रहेका उपसचिव लोकमणी पाण्डेले जानकारी दिए।  

केन्द्र सरकारले प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई बढीमा तीन जनाको सचिवालय बनाउन भनेपनि सभामुख र उपसभामुखबारे भने केही नबोलेकाले घर्तीमगरले स्वविवेक प्रयोग गरेर विघटन गरेको प्रवक्ता पाण्डेको भनाइ छ। 

प्रकाशित: १ मंसिर २०८२ १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App