२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

तीन संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दै छ। संघीय संसद सचिवाल, सिंहदरबार परिसरमा उक्त बैठक बस्ने भएको हो।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुने छ। यो बैठक बिहान ८ः३० बजे बस्ने छ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ। यो बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने छ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन छलफल र पारित गर्ने सम्बन्धमा छलफल हुने छ। यो बैठक बिहान ११ः३० बजे बोलाइएको छ।

प्रकाशित: ८ श्रावण २०८२ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App