१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न लिङदेनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै लिङदेनले प्रसाईँलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटक पटक पक्राउ गरिएको आरोप लगाएका छन् । 

‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध समेत गर्न पाउने संविधान प्रदत्त अधिकारको कुण्ठित समेत गरेको छ,’ लिङदेनले भनेका छन्, ‘ प्रसाईँलाई बिना सर्त अविलम्ब रिहा गर्न राप्रपा सरकारसँग माग गर्दछ।’ 

प्रकाशित: २४ माघ २०८२ १७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App