राष्ट्रिय सभाको १९औँ अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (३) बमोजिम मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसबमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रियसभा अध्यक्ष दाहालले आजको बैठकमा राष्ट्रपतिबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराए।
प्रकाशित: १ फाल्गुन २०८२ १६:३५ शुक्रबार





