२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जालको भर नपर्नुस्, जनताको घर-घर जानुस् : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत संगठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताएका छन्।

आज बागलुङ बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै संगठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गरेका छन्।

सभापति थापाले सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी र आक्षेप नलगाई कार्यकर्ताको घरमा पुग्न र अबको पाँच वर्ष खेर नफाल्नेमा आश्वस्त पार्न आग्रह गरेका छन्।

‘कांग्रेस एउटा संकल्प र प्रतिज्ञा गरेर आएको छ, त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक छ। त्यसको आधार र कारणबारे बताउनुस्। यो पाँच वर्ष जोखिमपूर्ण ढङ्गले बनाइएको संविधान बचाउने र सहर तथा गाउँलाई जोड्नुपर्नेछ’, उनले भनेका छन्, ‘सम्हाल्दै, सुधार्दै र अघि बढ्दै जाने तागत कांग्रेससँग मात्रै छ। मतदाताको बीचमा गएर यो कुरा भन्नुस्। खुलेर पार्टीको ‘भिजन १०’ का बारेमा बुझाउनुहोस्।’

कांग्रेस युवाहरूको मागअनुसार रूपान्तरण भएको बताउँदै सभापति थापाले अनुभवी र बदलिएको यही कांग्रेसले अब युवाहरूको भावनालाई सम्बोधन गर्ने बताएका छन्।

प्रकाशित: १५ फाल्गुन २०८२ १७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App