जापानका प्रधानमन्त्री सानाओ ताकाइचीले हाल होर्मुज स्ट्रेटबाट गुज्रने तेल ट्याङ्करहरूको सुरक्षाका लागि आफ्नो नौसेना पठाउने कुनै मनसाय नरहेको बताएकी छन्।
उनले संसदलाई बताएअनुसार टोकियोले हाल होर्मुज स्ट्रेटबाट गुज्रने तेल ट्याङ्करहरूको सुरक्षाका लागि आफ्नो नौसेना पठाउने कुनै मनसाय राखेको छैन।
'हामीले एस्कर्ट जहाज पठाउने बारेमा कुनै निर्णय गरेका छैनौं। हामी जापान आफैँले के गर्न सक्छ र कानुनी ढाँचा भित्र के सम्भव छ भनेर हेरिरहेका छौं,' उनले भने।
आज अमेरिका-इजरायल-इरान युद्धको १७ औं दिन हो। ट्रम्पले आइतबार नेटो देशहरूले होर्मुज स्ट्रेट खुला राख्न मद्दत गरेनन् भने नेटोको भविष्य भयावह हुन सक्ने चेतावनी दिएका छन्।
'हामीसँग नेटो नामक एउटा व्यवस्था छ। हामीले उनीहरूसँग धेरै राम्रो व्यवहार गरेका छौं। युक्रेनमा हामीलाई उनीहरूको सहयोगको आवश्यकता थिएन। तर हामीले उनीहरूलाई जे भए पनि मद्दत गर्यौं। अब हेरौं उनीहरूले हामीलाई मद्दत गर्छन् कि गर्दैनन्,' ट्रम्पले भने।
ट्रम्पले विश्वको २० प्रतिशत तेल बोक्ने मार्गको सुरक्षाका लागि होर्मुज स्ट्रेट प्रयोग गर्ने देशहरूलाई युद्धपोत र आवश्यक सहयोग पठाउन आग्रह गरेका छन्।
प्रकाशित: २ चैत्र २०८२ १२:०५ सोमबार





