३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

अब एक लिटर पानीको मूल्य १६, एक जारको ४७ रुपैयाँ

सरकारले बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गरेको छ।

काठमाडौं उपत्यकामा १ लिटर बोतलको पानी १६ रुपैयाँ र २० लिटर जारको पानी ४७ रुपैयाँ तोकिएको छ भने उपत्यकाबाहिर क्रमशः २० र ६० रुपैयाँ तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। 

सरकारले तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने बिक्रेतालाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ र सम्बन्धित नियमावली, २०७६ अनुसार कानुनी कारबाही गरिने चेतावनी दिएको छ। उपभोक्ताले आवश्यकता परेमा सम्बन्धित कार्यालय वा स्थानीय प्रशासनमा जानकारी दिन सक्ने उल्लेख गरिएको छ।

विभागले आम उपभोक्तालाई सचेत रहन र आफ्नो हक–अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।

प्रकाशित: २ चैत्र २०८२ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App