२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियताको मामिलामा पक्ष-विपक्ष नहोऔँ : उपनेता अर्याल

नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको बयानमा भूल सुधार गरेर माफी माग्नुपर्ने माग गरेको छ।

सोमबारको संसद् बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्मा अर्यालले राष्ट्रियताको सवालमा सत्तापक्ष र विपक्ष नहुने भन्दै प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने माग गरेकी हुन्।

उनले भनिन्, ‘हामी सबै एकताबद्ध बनौँ, राष्ट्रियताको मामिलामा पक्ष–विपक्ष हामी नहोऔँ। हामी एकताबद्ध भएर भूल सुधार गर्दै हाम्रा तर्फबाट सभामुख महोदयले त्यसको नेतृत्व गर्नुस्, एउटा राष्ट्रिय संकल्पको प्रस्ताव पारित गरौँ। यो संसद्मा उपस्थित गराएर क्षमायाचनासहित त्यो रेकर्ड हटाउने काम गरौँ।’

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न अंग भएको भन्दै सभामुख डिपी अर्याललाई यसको नेतृत्व गर्न अनुरोध गरिन्। सो अवसरमा उनले आर्थिक विधेयकमाथि हेरफेर गरिएको भन्दै प्रश्न गरिन्।

प्रकाशित: २५ जेष्ठ २०८३ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App