राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनैपनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनानु सर्वसथा अनुचित र गलत भएको बताएका छन्। उनले यस्तो कार्य कहि कतैबाट हुनथालेको हो भने तत्काल रोक्नु पर्ने बताएका छन्।
‘कुनै पनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु सर्वथा अनुचित र गलत हो,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको छ। यो कार्य तत्काल रोकिनुपर्दछ।’
थापाले सनातन संस्कृतिमा विवाह एक पवित्र बन्धन र संस्था रहेको बताउँदै यो मान्यतालाई विकृत तुल्याउने गरी विगतमा समेत अनेक प्रपञ्चहरु रचिएको लेखेका छन्। ‘बाह्य शक्तिहरूको उक्साहटमा सनातन धर्म संस्कृति र परम्परालाई कमजोर बनाउने षड्यन्त्र अनुरुप विवाहको पवित्र स्वरूपलाई समेत विकृत तुल्याउने कार्यहरू हुनु दुर्भाग्यपूर्ण छ,’ उनले लेखेका छन्, ‘यसतर्फ समयमै सचेत रहन सबैमा आग्रह गर्दछु।’
प्रकाशित: २२ श्रावण २०८२ ०९:३२ बिहीबार





