२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भूमि विधेयक सकस: मन्त्रीले समय मागेपछि दुई मिनेटमै सकियो समिति बैठक

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दुई मिनेटमै सकिएको छ। शनिबार बिहान साढे १० बजेका लागि बोलाइएको सुरु भए लगत्तै सकिएको हो। बैठक विषयमा प्रवेश नै नगरी सकिएको सांसदहरूले बताएका छन्। 

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल बैठक डाँकिएको थियो। बैठकमा धेरैजसो सांसद र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि समयमै उपस्थित भएका थिए। 

बैठकअघि मन्त्री र सांसदहरूबिच केही आन्तरिक छलफल पनि भएको थियो। झन्डै एक घण्टा चलेको आन्तरिक छलफलपछि मन्त्री अधिकारी बाहिरिएका थिए।

त्यसपछि समिति सभापति कुसुमदेवी थापाले विधेयकको प्रतिवेदन तयार भएको र आन्तरिक छलफलमा थप अध्ययन गर्न समय चाहिने भनिएकाले बैठक स्थगित भएको जानकारी गराइन्। 

समितिमा सचिव शिवदत्त बरालले प्राप्त संशोधनका आधारमा शुक्रबारसम्मका छलफलमा एउटा सहमतिको ड्राफ्ट बनेको र त्यो ड्राफ्ट अध्ययन गर्न मन्त्री अधिकारीले समय मागेको जानकारी दिए। 

‘प्रतिवेदनको एक किसिमको ड्राफ्ट बनेको छ। त्यसमा मन्त्री ज्यु र सांसद ज्युहरूले अध्ययनको समय चाहिन्छ भनेपछि आज बैठक अघि बढेन,’ उनले भने। अर्को बैठक भदौ ४ गते अगाडि बस्न सम्भव नहुने पनि उनले जानकारी दिए।

प्रकाशित: ३१ श्रावण २०८२ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App