११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

देश परिवर्तन गर्न श्रम आवश्यक छ: हर्क साङपाङ

श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।  

स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको बताए ।  

देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उनले जोड दिए ।  

‘युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छौँ भन्ने बुझन आवश्यक छ’, अध्यक्ष साम्पाङले भने ।  

युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको बताए ।

 

प्रकाशित: ७ मंसिर २०८२ १७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App