१३ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

श्रमसंस्कृति पार्टीका उम्मेदवार बेपत्ता

हर्क साम्पांग नेतृत्वको श्रमसंस्कृति पार्टीका कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार विमल चौधरी बेपत्ता भएका छन्। टीकापुर नगरपालिका वडानम्बर १ शिवनगर मुक्त कमैया शिविरका चौधरी सोमबार रातिदेखि बेपत्ता रहेको उनका आफन्तहरुले जनाएका छन्।

उनीहरुले टीकापुर नगरपालिकाका निर्वतमान मेयर तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) क्षेत्रनम्बर १ का उम्मेदवार रामलाल डगौरा थारुले चौधरीलाई बेपत्ता पारेको आरोप लगाएका छन्। निर्वतमान मेयर डगौराले सोमबार मात्रै पदबाट राजिनामा दिएका छन्।

प्रकाशित: ६ माघ २०८२ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App