२२ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

कुलमानको सन्देशः अरूलाई समाप्त गर्नु एकता होइन, सबैलाई सम्मान चाहिन्छ

‘जनताले नयाँ शक्ति एकजुट चाहेका छन्, सबै अहंकार त्यागौँ’

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलले कसैको अस्तित्व समाप्त पार्ने हुने एकता सम्भव नहुने प्रतिक्रिया दिएका छन्। नयाँ भनिएका शक्तिहरू बिच एकता हुने चर्चा चलिरहेका बेला कुलमानले फरक सन्देश दिँदै यसो भनेका हुन्।  

‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन,’ शनिवार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलमानले भने, ‘सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।’

जनताले नयाँ शक्ति एकजुट भएको हेर्न चाहेको बताउँदै उनले अहंकार त्यागेर साझा उद्देश्यका निम्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए।  

अब पुरानै ढर्राबाट देश अगाडि बढ्न नसक्ने पनि कुलमानले बताए। उनले भने, ‘देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ।’

प्रकाशित: १२ पुस २०८२ १५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App