नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट सुरु हुँदै छ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुँदै छ।
महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्। पार्टीको संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्ने भएकाले ओली नजाने उनी निकट स्रोतले नागरिकन्युजलाई जानकारी दिएको छ।
'अध्यक्ष आज महाधिवेशनमा जानु हुन्न। आज दिउँसो १ बजे पार्टीको संसदीय दलको बैठक बस्दै छ। उहाँ यसैमा सहभागी हुनुहुन्छ,' स्रोतले भन्यो।
साथै, ओलीको साटो महाधिवेशनमा को सहभागी हुन्छ भन्ने अहिलेसम्म निर्णय नभइसकेको पनि स्रोतले बताएको छ।
प्रकाशित: १८ आश्विन २०८३ ०९:११ आइतबार





