२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

मेयर भट्टराई भन्छन्: ‘छोटे राजाहरु’ गाडीमा हुँइकिन्छन्, म जनताका लागि सडकमा छु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफू जनताको अधिकारका लागि सडकमा उत्रिन बाध्य भएको बताएका छन्।

स्थानीय तहका अन्य जनप्रतिनिधिहरू सुविधामा रमाइरहेको भन्दै उनले आफू ती सबै सुविधा छाडेर सडकमा आएको सुनाए।

स्थानीय कच्चा पदार्थ प्रयोगसम्बन्धी संघीय कानुन संशोधनको माग गर्दै माइतीघरमा आमरण अनशन सुरु गरेका उनले जनप्रतिनिधिको भूमिका र व्यवहारमाथि पनि प्रश्न उठाए।

‘राज्यले डेढ करोडको गाडी दिएको छ, सुरक्षाकर्मी छन्। जनप्रतिनिधिहरू छोटे राजाको भूमिकामा छन्,’ उनले भने, ‘तर म ती सबै सुविधा छाडेर सडकमा आएको छु, किनकि हाम्रो अस्तित्वमाथि धावा बोलियो।’

उनले आफू भुइँमान्छेको मतबाट निर्वाचित भएको र उनीहरूकै हितका लागि लडिरहेको बताए। ‘म पनि भुइँमान्छे नै हुँ, मलाई भुइँमान्छेले नै मतदान गर्नुभयो,’ उजले भने, ‘त्यसैले म उनीहरूकै लागि यहाँ आएको हुँ।’

एक वर्षदेखि मन्त्रालयमा धाउँदा पनि सुनुवाइ नभएको र केवल ‘प्रेम पत्र’ पठाएर टार्न खोजिएको भन्दै उनले आक्रोश व्यक्त गरे। ‘बन्द कोठाभित्रको वार्ताले निकास दिँदैन। हामीले कार्यपालिकाबाटै वार्ता समिति बनाएका छौँ, सरकारले आधिकारिक रूपमा त्यही समितिलाई बोलाउनुपर्छ,’ उनले भने।

मेयर भट्टराईले शिक्षकहरूको आन्दोलनमा सरकारले वार्ता गरेर ‘ललिपप’ खुवाएको तर सहमति कार्यान्वयन नगरेको उदाहरण दिँदै आफू त्यस्तो धोकामा नपर्ने स्पष्ट पारे। ‘हाम्रा माग नगदमा पूरा हुनुपर्छ। नगदमा गरिएन भने हामी सम्झौता गर्दैनौँ,’ उनले भने।

प्रकाशित: १४ श्रावण २०८२ १७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App