१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

खनालको सम्बोधन: प्रचण्डलाई पटक-पटक सम्झिए, माधव नेपाललाई ‘बिर्सिए’

तस्बिर: विजय राई/नागरिक

कम्युनिष्ट घटकहरूको एकीकरण घोषणा सभामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाललाई पटक-पटक सम्बोधन गरे पनि आफ्नै पार्टीका अध्यक्ष माधवकुमार नेपालको नाम उच्चारण समेत गरेनन्।

हिजोसम्म पार्टी एकताप्रति केही असन्तुष्टि राख्दै आएका खनाल एकता घोषणा सभामा भने केही ढिलो गरी उपस्थित भएका थिए। मञ्चमा पुगेर सम्बोधन गर्ने क्रममा उनले आफ्नो सम्बोधनको अधिकांश हिस्सा प्रचण्डसँगको संवाद र उनीप्रतिको विश्वासमा केन्द्रित गरे।

आफू कार्यक्रममा ढिलो आउनुको कारणबारे प्रस्ट्याउँदै खनालले भने, ‘ढिलो आउनुका केही कारणहरू छन्, मैले कमरेड प्रचण्डलाई भनिसकेको छु। हामी ती कुराहरू मिलाउँछौँ भनेर उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’

उनले आफ्ना असन्तुष्टि र ‘रिजर्भेसन’ हरू सिधै प्रचण्डसमक्ष राखेको र समाधानको आश्वासन पनि प्रचण्डबाटै पाएको सङ्केत दिए।

आफ्नो सम्बोधनमा उनले मञ्चमा उपस्थित नेताहरूलाई सामूहिक रूपमा ‘सम्पूर्ण नेतागणहरू’ भनेर सम्बोधन गरे। तर व्यक्तिगत रूपमा नाम लिँदा केवल ‘कमरेड प्रचण्ड’ को नाम मात्रै लिए। आफ्नै पार्टीको अध्यक्ष नेपाललाई खनालले बेवास्ता गरे।

प्रकाशित: १९ कार्तिक २०८२ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App