२१ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

बजेट नसच्याएको भन्दै कर्णाली प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेको छ।

बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएपछि नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले बजेटका कमजोरी सुधार गर्न कुनै प्रतिबद्धता नजनाएको आरोप लगाए। उनले नेताका नाममा प्रतिष्ठान, व्यक्तिका नाममा योजना तथा मठमन्दिर र कुलदेवतासम्बन्धी योजनामा अस्वाभाविक रूपमा बजेट विनियोजन गरिएको बताए।

भवन निर्माण योजनामा तोकिएको सीमाभन्दा कम बजेट छुट्याइएको र विगतका प्रतिबद्धताअनुसार बजेट नआएको उनको भनाइ थियो।

बजेटमा देखिएका त्रुटि सच्याउने स्पष्ट प्रतिबद्धता सरकारबाट नआएसम्म प्रदेश सभा बैठकको कामकारबाही अघि नबढाउन आग्रह गर्दै प्रतिपक्षले सदन अवरुद्ध गरेको हो।

प्रकाशित: १६ असार २०८३ १८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App