सत्तारुढ नेकपा एमालेको जारी महाधिवेशनमा फरक मत राख्ने तयारी गरेका नेता कर्ण थापाले शनिबारको बैठकमा पनि आफ्नो धारणा राखेका छैनन् ।
महाधिवेशनको दोस्रो दिनको सत्रमा भएको छलफल तथा प्रस्तुतीबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘फरक मत राख्ने तयारी गर्नुभएका नेता कर्ण थापाले हिजो समय अभावका कारण आफ्नो धारणा राख्नुभएको थिएन । आजको कार्यसूचीमा राखिए पनि अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेपछि उहाँले आफ्नो मत राख्नुभएन ।’
‘अध्यक्ष ज्यूले आफ्ना साथीहरूसँग छलफल गर्नुहोस् । हामीसँगको छलफलले नै फरक मत आवश्यक छैन भन्दै अध्यक्षले भनेपछि थापाले आफ्नो फरक मत प्रस्तुत गर्नुभएन,’ गौतमले भने ।
प्रकाशित: २१ भाद्र २०८२ १९:५६ शनिबार





