३० वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताएका छन्। 

कांग्रेसको केन्द्रीय समितिद्वारा आज हेटौंडामा आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति थापाले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयको सम्बन्धमा राखिएको समीक्षा कार्यक्रममा उनले नयाँ सरकारले कसैमाथि गैरकानुनी सम्पत्ति आर्जन, भ्रष्टाचारको बिषयमा अनुसन्धान गर्दा कानुन, नियम, विधि प्रकृयाअनुसार गर्नुपर्ने उल्लेख गरे।

कसैप्रति पूर्वाग्रही ढङ्गले व्यवहार नगर्न आग्रह गर्दै उनले विधिको शासन व्यक्तिले मात्र नभएर प्रधानमन्त्रीले समेत मान्नुपर्ने बताए।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको क्रियाशील सदस्यले अब नयाँ जिम्मेवारी लिई डिजिटल रुपमा सूचना प्रविधिको सदुपयोग गरेर पार्टी नीति सिद्धान्तअनुरूपका कार्यक्रम हरेक नागरिकसम्म पुर्‍याउनुपर्ने बताए।

प्रकाशित: ७ वैशाख २०८३ १९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App