१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

रिमा विश्वकर्माले भनिन् ‘जस्टिस डिले इज जस्टिस डिनाइड’

सांसद रिमा विश्वकर्माले हिरासतमा मृत्यु भएका २२ वर्षीय श्रीकृष्ण विक प्रकरणमा सत्यतथ्य छानबिनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले खुरकोट इलाका प्रहरी कार्यालयको हिरासतमा मृत फेला परेका विकबारे अध्ययन गर्न गठन गरिएको उच्चस्तरीय छानबिन समितिले तोकिएको समयभित्र प्रतिवेदन नबुझाएको बताएकी हुन्। 

साथै समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी भएपनि घटना भएको १८ दिन बितिसक्दा प्रतिवेदन सार्वजनिक नभएको उनको भनाइ छ। प्रतिवेदन नआउदा अल्पायुमा सन्तान गुमाएकी उनको आमाले न्याय पाउन नसकेको विश्वकर्माले बताइन्।  

सांसद विश्वकर्माले हिरासतभित्र हुने मृत्युका घटनामा दलित तथा सीमान्तकृत समुदाय बढी प्रभावित हुने गरेको भन्दै इन्सेकको तथ्यांक अनुसार एक वर्षमा ८८ जनाको हिरासतभित्र मृत्यु भएको र जसमध्ये ५२ प्रतिशत दलित तथा सीमान्तकृत समुदायका रहेको बताइन्ए। 

उनले ५६ प्रतिशत घटनालाई आत्महत्या भनेर वर्गीकरण गरिएको भन्दै अधिकांश हिरासत मृत्युमा आत्महत्याको निष्कर्ष निकालिनु स्वाभाविक नभएको टिप्पणी गरिन्। श्रीकृष्ण विकको मृत्युलाई आत्महत्या भनिनु नौलो नहोला, तर हिरासतभित्र हुने अधिकांश मृत्युलाई आत्महत्याको संज्ञा दिनु स्वाभाविक नभएको बताएकी छिन्।

सांसद विश्वकर्माले ‘जस्टिस डिले इज जस्टिस डिनाइड’ भन्दै न्याय सुनिश्चित गर्न र बजेट विनियोजन गर्ने क्रममा प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी हुन्। 

प्रकाशित: २९ वैशाख २०८३ १५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App