१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

भनसुन र घुस नख्वाई नेपालमा न्याय पाइँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा विकास र समृद्धि प्रक्रिया तीव्रगतिमा अघि बढ्न नसक्नुका कारण केवल राजनीतिक अस्थिरता मात्र नभई राज्यका अन्य अङ्गको पुनःसंरचना र रूपान्तरण नहुनु पनि भएको बताएका छन्।  

उनका अनुसार विशेषगरी न्यायपालिका अहिले गम्भीर संकटमा फसेको छ। ‘न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुसविना न्याय पाउने अवस्था छैन,’ श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत लेखेका छन्। उनले अझ गम्भीर रूपमा अदालतलाई राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको टिप्पणी गरे।  

श्रेष्ठका अनुसार निर्दोषहरू जेलमा कोचिनुपर्ने, सम्पत्ति गुमाउनुपर्ने र न्याय वञ्चित हुने अवस्था सिर्जना भएको छ। उनले न्यायपालिकामा बसेका जिम्मेवार पदाधिकारीले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औँल्याए।  

‘राज्यका अङ्गको पुनःसंरचना र रूपान्तरण अनिवार्य छ। तर त्यसका लागि त्यस अनुरूपको राजनीतिक नेतृत्व आवश्यक छ, र त्यसको आधार ‘सफा राजनीति’ हुनुपर्छ,’ उनले भने।

यस्तो छ उनको स्टाटस

प्रकाशित: ६ भाद्र २०८२ २०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App