२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जसपा नेपालको कोशी र मधेस प्रदेश समितिको अधिवेशन हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालले दुइटा प्रदेश समितिको अधिवेशन गर्न लागेको छ। पार्टीको कोशी प्रदेश समिति र मधेस प्रदेश समितिको अधिवेशन हुन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

 कोशी प्रदेश समितिको अधिवेशन असोज २५ र २६ गते बिराटनगरमा हुने भएको छ भने मधेस प्रदेश समितिको अधिवेशन लागि असोज २७ र २८ गते जनकपुरधाममा हुने छ।

बाँकी प्रदेश समितिहरू पनि अधिवेशनको तयारीमा जुटेको बस्नेतको भनाइ छ।

जसपा नेपालले स्थानीय तहअन्तर्गतका पार्टी समितिको अधिवेशन सम्पन्न गरी प्रदेश समितिको अधिवेशन गर्न लागिएको बताइएको छ।

प्रकाशित: २४ आश्विन २०८२ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App