नेकपा माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकको जारी एकीकरण सभामा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता पनि सहभागी भएका छन् ।
नेकपा एकीकृत समाजवादीले बहुमतका आधारमा पार्टी एकताको निर्णय गर्दा खनालले रोष व्यक्त गरेका थिए ।
.jpg)
हिजो मात्रै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहालसँग पनि भेट गरेका खनाल उत्साहका साथ आजको एकीकरण घोषणा सभामा देखिएका छन् ।
प्रकाशित: १९ कार्तिक २०८२ १४:३० बुधबार





