१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

जसपा नेपालको केन्द्रीय आईटी सेल गठन, प्रमुखमा महेश चौरसिया

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय आईटी सेल गठन भएको छ। आईटी सेलको प्रमुखमा महेश चौरसिया चयन भएका छन्।

पार्टीको सूचना, संचार, विज्ञान तथा प्रविधि विभागको सचिवमा पनि चौरसियालाई मनोनित गरिएको छ। सोमबार पार्टी कार्यालय बालकुमारीमा जितेन्द्र यादवको अध्यक्षता र महासचिव लालबाबु राउतको प्रमुख आतिथ्यमा बसेको बैठकले पार्टीको केन्द्रीय आईटी सेलको गठन, त्यसको प्रमुख चयन र सचिवसहित सूचना तथा संचार विभागलाई १८ सदस्यीय बिस्तार गर्ने निर्णय गरेको हो।

आधुनिक सञ्चार एवं प्रविधिको बढ्दो प्रभाव र प्रयोगलाई मध्यनजर गर्दै पार्टीको विचार र मुद्दालाई मूलधारका सामाजिक सञ्जालहरुको प्रयोग र परिचालनलाई पार्टीको हितका निम्ति प्रभावकारी ढंगले जनतामाझ लैजाने र पार्टीको गतिविधि एवं संरचनालाई आधुनिक आईटी मैत्री बनाउने उद्देश्यले महेश चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आईटी सेल गठन गरिएको विभाग प्रमुख जितेन्द्र यादवले बताए।

सामाजिक सञ्जालमा सक्रिय रहेका, आईटीको प्राविधिक पक्षमा दख्खल राख्ने, प्रचारप्रसार सामाग्री तयार गर्न सक्ने, फोटो भिडियोको सम्पादनबारे जानकार भएका र समग्रमा चर्चित सामाजिक सञ्जालका प्लेटफर्महरुलाई पार्टीको हितमा प्रयोग गर्न जानेका संगठित सदस्यहरुलाई समेटेर दक्ष आईटी टीम निर्माण गरिएको यादवले बताए।

विभागको सदस्यहरुमा प्रदीप घतान, मुसाहिद हुसेन, रसना यादव, ईमान राई, मनोज कुमार यादव, अमरेन्द्र यादव, रेणुराज सिंह र अजय वर्मालाई चयन गरिएको छ।

त्यस्तै, अभरेन्द्र यादव, विनित यादव, गौतम यादव, ओम यादव (मनिष), प्रभात कुमार सिंह (पिन्टु), श्याम यादव, दिपु कापर र कमलेश यादव पनि विभागको सदस्यमा मनोनित भएका छन्।

प्रकाशित: १२ श्रावण २०८२ १९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App