६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

जगदीश खरेल ललितपुर-२ बाट चुनाव लड्ने

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर-२ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

सोमबार मन्त्री पदबाट राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमार्फत खरेलले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

ललितपुर-२ बाट चुनाव लड्ने पक्का गरे पनि उनले कुन पार्टीबाट उम्मेदवारी दिने भन्ने विषय भने तत्काल खुलाएका छैनन्। पत्रकारहरूको जिज्ञासामा उनले भने, ‘मैले कुन दलबाट चुनाव लड्ने भन्ने कुराको जानकारी भोलि (मंगलबार) बिहान ११ बजेसम्म तपाईंहरूले पाउनुहुनेछ।’

प्रकाशित: ५ माघ २०८२ २०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App