२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

ईश्वर पोखरेलले गरे मतदान

नेकपा एमालेका नेता ईश्वर पोखरेलले मतदान गरेका छन्।

आज बिहान टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको बताए।

लामो राजनीतिक अनुभव, संगठनात्मक पकड र स्पष्ट विचारधाराका कारण पोखरेललाई यस क्षेत्रका बलिया उम्मेदवारका रूपमा हेरिएको छ। इमानदार छवि, जनतासँग घुलमिल भएर काम गर्ने शैली तथा विकासप्रेमी सोचका कारण उनको जित्ने सम्भावना उच्च रहेको स्थानीय विश्लेषकहरूको आकलन छ।

यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पोखरेलले आफ्नो कार्यकालमा पूर्वाधार विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिएका थिए।

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App