२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

संवैधानिक परिषद् विधेयक फिर्ताको जानकारी प्रतिनिधिसभा बैठकमा गराइने

राष्ट्रपति रामचन्द्र पौडेलले पुनः छलफलका लागि सन्देशसहित फिर्ता पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी विधेयकलाई आज (सोमबार) बस्ने प्रतिनिधिसभा बैठकमा जानकारी गराइने भएको छ।

गत साउन ८ गते फिर्ता भएको यो विधेयकलाई साउन ९ गते बसेको प्रतिनिधिसभा बैठकमा जानकारी गराइएको थिएन। प्रतिनिधि सभामा उत्पत्ति भएकाले यो विधेयकलाई प्रतिनिधिसभा मै फिर्ता पठाइएको थियो। तर ९ गतेपछि एकै पटक दश दिनपछि सोमबार (१९ गते) बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा संसद्का महासचिवले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी विधेयक ०७९ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराउने उल्लेख छ।

प्रतिनिधिसभा नियमावलीको नियम १३७ ले राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता आएको विधेयक सभामा जानकारी गराउने व्यवस्था छ। संसद् अधिवेशन चालु नरहेको अवस्थामा भने सूचना पत्रमा प्रकाशित गर्ने व्यवस्था छ।  

फिर्ता आएको विधेयकसम्बन्धी जानकारी सभालाई दिएपछि बसेको कुनै बैठकमा सम्बन्धित मन्त्रीले पुनर्विचारको प्रस्ताव राख्ने व्यवस्था नियमावलीले गरेको छ। यसरी पुनर्विचारको प्रस्ताव पेस गर्दा विधेयकलाई सदनमै छलफल तथा पुनर्विचार गरिने भएमा सभामामा छलफल भएर परिमार्जन भए परिमार्जन नभए पहिलेको जस्तै राष्ट्रिय सभामा पठाइने छ। तर समितिमा पठाउनु पर्ने अवस्था आएमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइने छ।

राष्ट्रपतिले संविधान अनुकूल नभएकोले पुनर्विचारका लागि विधेयक फिर्ता पठाएका थिए। दोस्रो पटक राष्ट्रपति समक्ष पुगेको विधेयक भने प्रमाणीकरण गर्नुपर्ने संविधानको व्यवस्था छ।

शनिाबा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए। राष्ट्रपति निवास शीतल निवास पुगेर भेट गरेका ओलीले राष्ट्रपतिले हालै मात्रै संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता पठाएको विषयमा छलफल भएको अनुमान गरिएको छ। 

प्रकाशित: १९ श्रावण २०८२ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App