झापा क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा राना मगरले आफ्नो फराकिलो अग्रता कायमै राखेकी छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारहरूलाई भारी मतान्तरले पछाडि पारेकी हुन्।
पछिल्लो विवरण अनुसार रास्वपा उम्मेदवार मगरले १३ हजार ६ सय ६९ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले २ हजार ३ सय ३९ मत मात्र पाएका छन्।
त्यस्तै, तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार केशवकुमार भण्डारी रहेका छन्। उनले १ हजार ७ सय २९ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईं भने चौथो स्थानमा खुम्चिएकी छन्। उनले जम्मा १ हजार १ सय ५६ मत मात्र हासिल गरेकी छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०१:५२ शनिबार





