३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ब्रेकिङ : मधेशी मोर्चाका नेताहरूसँग भारतीय विदेश सचिवको 'लञ्च बैठक' हुँदै

भारतीय विदेशसचिव विक्रम मिश्रीले मधेशी मोर्चाका नेताहरूसँग सामूहिक भेट गर्दै छन्।

आज मध्याह्न १२ः३० बजे मिश्रीले उनीहरूसँग सामूहिक भेट गर्ने भएका हुन्। भेटघाटको नियमति कार्यतालिका नभए पनि मधेशी मोर्चाका नेताहरूसँगको लञ्च मिटिङ हुने भएको हो। यसपछि दिउँसो २ः३० बजे विदेश सचिव दिल्ली फर्किंदै छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार बिहान आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भ्रमणको पहिलो दिन राजनीतिक भेटघाट सम्पन्न गरेका थिए। उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सरकार पक्षीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु देउवा राणासँग भेटघाट गरेका थिए।

प्रधानमन्त्री ओलीसँग सिंहदरबारमा भेट गरेलगत्तै राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका मिस्री त्यसपछि नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवालाई भेटेर मिस्री प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए। उच्चस्तरीय भेटवार्तामा नेपाल-भारत द्विपक्षीय हितका विषयमा छलफल भएका थिए। 

मधेशवादी दलका नेताहरुसँग भेटघाटको कार्यतालिका नबनेको भए पनि उनले लञ्च बैठक तय गरेको स्रोतको दाबी छ। त्यसका लागि अहिले १२ः३० को समय मिलाइएको हो।

भेटघाटमा महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत, हृदयेश त्रिपाठी र रेशम चौधरी सहभागी हुँदै छन्।

प्रकाशित: २ भाद्र २०८२ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App