काठमाडौः शहरी विकास मन्त्रालयले संसदको आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्ने गरि काम भइरहेको बताएको छ ।
आज शहरी विकास मनत्रालयमा आयोजित पत्रकार सम्मेलनमा शहरी विकास मन्त्रालयले जानकारी गराएको हो । प्रवक्ता नारायण मैनालीले आर्थीक वर्ष २०८१/०८२ मा शहरी विकास मन्त्रालयबाट भएका प्रमुख कामबारे जानकारी गराउँदै उक्त प्रतिबद्धता जनाएका हुन् ।
आउने हिउँदे अधिवेशन अनिवार्य नयाँ संसद भवनबाट सञ्चालन गर्ने भन्ने निर्देशन प्राप्त भएको छ । त्यसका लागि निर्माण व्यवसायीलाई सोहीअनुसार कार्यतालिका तर्जुमा गरेर म्याद थपमा लगेका थियौं र अहिले सोही अनुसार काम भइरहेकोभवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले बताए । उनले भने, 'त्यसको क्लोज मोनिटरिङ भइरहेको छ ।’
प्रकाशित: ६ श्रावण २०८२ १६:०२ मंगलबार




