२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा

नेपाली कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा जारी छ।

भेलामा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, महामन्त्रीत्रय शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह र नेता डा. प्रकाशशरण महत छन्।

उनीहरूबीच प्रकाशमान सिंह निवास चाक्सीबारीमा छलफल जारी छ। 

पार्टीको १५औं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले सक्रियता बढाएका हुन्। सुरुमा यो टिममा प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइराला मात्रै थिए तर, उनीहरूले पछि अन्य नेताहरू पनि मिसाएका हुन्।

'लञ्च मिटिङ'को नाममा सुरु भएको सभापतिका आकाङ्क्षी नेताहरूको यो भेला महाधिवेशनसम्म पुग्दा निर्णायक हुने सम्भावना छ भनिन्छ। 

यी नेताहरूले यसअघि सभापति शेरबहादुर देउवालाई भेटेर उत्तराधिकारी चाँडै तोक्नका लागि पनि दबाब बढाएका थिए तर, देउवाले छलफल गरेर एकजनाको नाम दिनु भनेपछि नेताहरूले भेला गर्दै आएका छन्।

प्रकाशित: ५ श्रावण २०८२ १६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App