प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफू कम बोल्न चाहे पनि परिस्थिति र समयले बोल्न बाध्य पार्ने गरेको बताएका छन्।
चितवनको भरतपुरमा आइतबार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘म त नबोलौँ भन्छु, तर बोल्ने दिन आइहाल्छ,’ प्रधानमन्त्री शाहले आफ्नो संक्षिप्त सम्बोधनका क्रममा भने। कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले रास्वपाको शैली र भविष्यप्रति व्यक्त गरेको चिन्ता एवं दिएका सुझावहरूको जवाफ दिए।
उनले भने , ‘अतिथिहरूले धेरै सुझाव दिनुभयो, तर म यति भन्छु कि हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ। हाम्रो गाडी अनियन्त्रित छैन।’
उनले रास्वपाको यो अभियान सुविचारित ढंगले अघि बढेको र लक्ष्य प्राप्त नगरी बीचमै नरोकिने दाबी गरे।
प्रकाशित: ७ असार २०८३ १७:४३ आइतबार





-600x400.jpg)