१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

उम्मेदवार छान्न हतार गरेकै हो, यसको जिम्मेवारी मैले लिनैपर्छ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनलाई उम्मेदवार छान्न पार्टीले हतार गरेको स्वीकार गरेका छन् । 

पार्टी सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले आफूले पार्टीका केही गतिविधि र काममा नैतिक हिसाबले जिम्मेवारी लिनुपर्ने बताए ।  

उनले भने, ‘हामीले उम्मेदवार चयनका क्रममा केही हतार गरेकै हो । यसको नैतिक जिम्मेवारी मैले लिनै पर्छ । हामीले नेपाली कांग्रेसका आम कार्यकर्ता, मतदातासम्म पुगेर अन्तर्क्रिया र छलफल गरेर उम्मेदवार छान्न पर्थ्यो । सबै जिल्ला र तल्लो तहका समितिसँग छलफल गर्नपर्थ्यो त्यो सकिएन ।’

उनले अघि भने, ‘हुनत: अहिलेकै उम्मेदवार सिफारिस भएर आउने भए पनि सबैसँग छलफल गरेर ल्याउन सकेको भए थप उपलब्धिमूलक हुने थिए । सबैलाई उम्मेदवारप्रतिको अपनत्व हुने थियो । त्यो काम हामीले गर्न सकेनौँ । सबै जिल्लाका सभापतिसँग पनि जसरी हुनुपर्ने हो त्यसरी छलफल भएन । तर अब जे भयो कांग्रेस रुपान्तरणको दिशामा छ । जनमत कांग्रेसले नै  बटुल्ने गरी निर्वाचन परिचालनमा हामी जुट्न आवश्यक छ ।’

प्रकाशित: ९ माघ २०८२ १७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App