बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको बताएका छन्।
बागमी प्रदेश सरकारले ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वयन गरी भाषा दिवस मनाइरहेको अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले यस्तो बताएका हुन्।
सन्देशमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकार बहुभाषिक नीतिलाई व्यवहारमा उतार्दै मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको उल्लेख गरेका छन्। साथै उनले सबै भाषाहरुको संरक्षण, प्रवर्द्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
'प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०' कार्यान्वय गरी बागमती प्रदेश सरकारले तामाङ, नेपाल भाषा (नेवारी) लाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु गरेको वैशाख २४ गतेलाई प्रदेश सरकारले भाषा दिवसको रूपमा मनाउँदै आएको छ।
प्रकाशित: २४ वैशाख २०८३ ११:१५ बिहीबार



-600x400.jpg)

