६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

म त भोट सँगै रकम पनि माग्दैछु: रञ्जु दर्शना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि नेतृ रञ्जु दर्शनाले निर्वाचनलाई पारदर्शी बनाउनुपर्ने बताएकी छन् ।  

नागरिकको प्रस्तुती क्रिएटर च्याम्पियन्सको बिहीबार आयोजित कार्यक्रममा रञ्जु दर्शनाले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित हुनुपर्ने बताइन् ।  

उनले भनिन्, ‘निर्वाचन खर्च व्यवस्थापनमा हामीले काम गर्नुपर्छ । म त मत पनि मागिरहेकी छु, रकम पनि। मैले निर्धक्क क्यूआर राखेर रकम पनि मागिरहेकी छु। त्यो एकदमै पारदर्शी काम हो। चुनावलाई प्राइभेट लिमिटेड बनाउनु हुँदैन भन्ने हो।’

निर्वाचन आयोगले तोकेको खर्चको लिमिट कम भएको उनको तर्क छ । उनले भनिन्, ‘निर्वाचन आयोगले खर्चको लिमिट तोकिदिएको छ। तर, त्यो कम छ। यो विषयमा पनि काम गर्नुपर्ने देखिन्छ।’

अहिले निर्वाचनमा भएको अभ्यासलाई कानुन मै व्यवस्था गर्नुपर्ने सुझाव उनको छ । उनले भनिन्, ‘चुनावमा क्राउड फन्डिङको व्यवस्था पनि कानुनी रुपमा गरेको छैन। हामीले अभ्यास गरिरहेका छौँ। अब यसलाई कानुनी व्यवस्था गर्नुपर्छ।’

प्रकाशित: २२ माघ २०८२ १९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App