प्रतिनिधि सभाको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ।
सोमबार बसेको बैठक आजसम्मका लागि स्थगित भएको थियो। सभामुख डोलप्रसाद अर्यालले मंगलबार दिउँसो १ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको जानकारी दिएका थिए।
हिजोको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरेको थियो।
प्रकाशित: २९ वैशाख २०८३ ०७:०६ मंगलबार





