१२ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

महान्यायाधिवक्ता डा. कँडेलविरुद्धको रिटमा आज सुनुवाइ

सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका तीन रिटमा आज (बिहीबार) सुनुवाइ हुने भएको छ।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका र उक्त विषयमा बिहीबार सुनुवाइ हुने जानकारी दिएका थिए।

महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू माधव बस्नेत, दीपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन्। रिट निवेदनमा महान्यायाधिवक्ता जस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए।

प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ। निरन्तर १५ वर्ष कानुन व्यवसायी गरेको व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा. कँडेलको सो अनुभव नभएको रिट निवेदनमा उल्लेख छ।

प्रकाशित: १० वैशाख २०८३ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App