२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

हर्क साम्पाङको पार्टीकाे चुनाव चिन्ह ‘माटो’

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलासा भइसकेको छ। असोज ७ गते ‘श्रम संस्कृति पार्टी’ नाम प्रस्ताव गरेर साम्पाङले निर्वाचन आयोगमा निवेदन दिएका छन्। 

सञ्चारमाध्यममार्फत समाचार बाहिरिनुअघि उनले निवेदन दिएको कुरा गोप्य राखेका थिए। सञ्चारमाध्यममा समाचार आइसकेपछि भने उनले निवेदन दिएको स्वीकार गरेका छन्। 

‘निर्वाचन आयोगले सूचना आउट गरिहालेछ,’ साम्पाङले लेखेका छन्, ‘पार्टीको नाम श्रम संस्कृति पार्टी हो। चुनाव चिन्ह–माटो हो।’ सँगै उनले भ्रम नछर्न या भ्रमित नबन्न आग्रह गरेका छन्। 

साम्पाङले जेन–जी आन्दोलनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग मिलेर पार्टी खोल्ने आशय दिइरहेका थिए। तर, आन्दोलनपछि दुवै जनाको सम्बन्ध बिग्रिएको छ। 

प्रकाशित: १२ आश्विन २०८२ १८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App