२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री सुदन किराँतीलाई हर्क साम्पाङले श्रम संस्कृति पार्टीमा भित्र्याए

पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा स्वागत गरेका हुन् ।

सहमति अनुसार किराँतीले पार्टीमा वरिष्ठ नेतासहित दोस्रो वरीयतामा उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

किराँती पक्षले एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको जनाइएको छ । उनीसँगै पार्टीमा प्रवेश गर्ने अधिकांश नेता तथा कार्यकर्ता प्रलोपाबाट आएको बताइएको छ ।

जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव कुमार नेपाल लगायतसँग पार्टी एकता गरेपछि असन्तुष्टि जनाउँदै किराँती जनार्दन शर्मा सँगै प्रलोपामा सक्रिय भएका थिए ।

प्रकाशित: २५ वैशाख २०८३ १६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App