श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भोटेकोशी तथा रसुवा क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहतका समयमा समेत राजनीतिक विभेद गरिएको आरोप लगाएका छन्।
साम्पाङले आफ्ना पार्टीका श्रमदाताहरू उद्धारका लागि प्रभावित क्षेत्रमा जान खोज्दा सुरक्षाकर्मीले फर्काउने गरेको दाबी गर्दै यस्तो आरोप लगाएका हुन्। उनले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उद्धारकर्तालाई मात्रै प्रभावित क्षेत्रमा जान दिने नीति लिएको हो भन्दै प्रश्न समेत गरे।
सामाजिक सञ्जालमा साम्पाङले भनेका छन्, 'हाम्रा उद्धारमा गएका श्रमदाताहरूलाई सुरक्षाकर्मीले फर्काउने गरेका छन्। सरकारले रास्वपाका उद्धाकर्तालाई मात्रै जाने दिने नीति ल्याएको छ हो?'
उनले विपद्लाई राजनीतिक प्रतिस्पर्धाको विषय नबनाउन आग्रह गर्दै भने, 'विपदलाई राजनीति होइन मानव बचाऊको अभियान बनाऊ।'
प्रकाशित: १५ भाद्र २०८३ ०६:२६ सोमबार





