धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले नवनियुक्त मन्त्री कुलमान घिसिङ र महाबीर पुनलाई समेत असफल बनाउने खतरा बढेको बताएका छन्। ऊर्जामा कुलमान र शिक्षामा माहाबीर पुन मन्त्री नियुक्त भए लगत्तै उनले यस्तो भनाई राखेका हुन्।
‘कुलमान र माहावीर पुनलाई समेत असफल बनाउने खेल खेलिन्छ कि भन्ने खतरा र पिर छ है,’ हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘किनकि सरकार हाम्रो आफ्नो होइन!’
प्रकाशित: ७ आश्विन २०८२ ०६:५६ मंगलबार





