२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

हर्कले मागे कुलमान र महावीरको राजीनामा

फाइल।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको राजीनामा माग गरेका छन्।

बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत मेयर साम्पाङले पुन र घिसिङलाई पदबाट राजीनामा दिएर ‘बदनामी’ बाट बच्न सुझाव दिएका हुन्।

उनले लेखेका छन्, ‘तत्काल राजिनामा दिएर बदमानी देखि बचून् महावीर र कुलमान !’

यसपछि, साम्पाङले काठमाडौंमा पक्राउ परेका अभियन्ता डा. निकोलस भुसालको तत्काल रिहाइको माग गर्दै वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाए। उनले सरकारलाई विदेशी दलाल र वैधताविहीनको संज्ञा दिएका थिए।

प्रकाशित: २३ आश्विन २०८२ १५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App