भारतीय अभिनेत्री रश्मिका मन्दाना आफ्नो आगामी चलचित्रको नृत्य दृश्यको छायांकनका क्रममा घाइते भएकी छिन्।
टाइम्स अफ इंडियाको रिपोर्टका अनुसार नृत्य तथा एक्सन दृश्यको अभ्यास र छायांकनका बेला उनको हिपमा रहेको एउटा टेन्डन (मांसपेशीलाई हड्डीसँग जोड्ने बलियो र लचिलो तन्तु) छुट्टिएको छ। यद्यपि, रश्मिका वा उनको टोलीले यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
चोटको कारण उनलाई चिकित्सकहरूले आरामको लागि सल्लाह दिएका छन्। कम्तीमा ६ हप्तासम्म पूर्ण आराम गर्न र त्यसपछि मात्र काम सुरु गर्न सल्लाह दिएका छन्।
यस चोटले रश्मिकाका आगामी चलचित्रहरूको छायांकन तथा विभिन्न ब्रान्डसँगका व्यावसायिक प्रतिबद्धतामा पनि असर पर्ने अनुमान गरिएको छ। उनी हाल ‘राणाबली’ र ‘माइसा’ लगायतका ठूला बजेटका चलचित्रमा व्यस्त छिन् भने धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको प्रचार अभियानमा पनि संलग्न छिन्। यस कारण उनका छायांकन र व्यावसायिक कार्यक्रमहरू पुनः तालिका मिलाएर सञ्चालन गरिन सक्ने बताइएको छ।
सामाजिक सञ्जालमा उनका प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
प्रकाशित: १६ श्रावण २०८३ १२:०० शनिबार





