१५ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

शाहीको चेतावनी : अध्यादेशमार्फत विधेयक ल्याइए कालान्तरमा स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पर्नसक्छ

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बोलाइएको संसद् रोकेर अध्यादेशमार्फत विधेयक ल्याई सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत कदम भएको बताएका छन्।

संसद्‍मा झन्डै दुईतिहाइ भएकाले पारित गर्न खोजेको विधेयक संसदबाट सजिलै पारित हुने सम्भावना रहेको भन्दै उनले यस्तो बताएका हुन्। त्यसैले संसद्लाई छलेर नभइ सहकार्य गरेर अगाडि बढ्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरे।

'सम्माननीय प्रधानमन्त्रीज्यू, बोलाइएको संसद् रोकेर अध्यादेशमार्फत विधेयक ल्याई सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत कदम हो। संसदमा तपाईँहरूको झन्डै दुईतिहाइ छ पारित गर्न खोज्नुभएको विधेयक संसदबाट सजिलै पारित हुने सम्भावना छ,' उनले सामाजिक सञ्जालमा लेखे, 'त्यसैले संसद्लाई छलेर होइन होइन। सहकार्य गरेर अगाडि बढ्नुहोस्।'

सांसद शाहीले यस्ता गतिविधिले कालान्तरमा स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पार्न सक्ने चेतावनी समेत दिए। त्यसैले संसदीय अभ्यासको पूर्ण पालना गर्दै अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति बन्द गरी संसदबाटै विधेयक ल्याउन अपिल गरे।

उनले भने, 'यस्ता गतिविधिले कालान्तरमा स्वयं प्रधानमन्त्रीज्यूलाई नै अप्ठ्यारो पार्न सक्छ। त्यसैले संसदीय अभ्यासको पूर्ण पालना गर्दै अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति बन्द गरी संसदबाटै विधेयक ल्याउन हार्दिक अपिल गर्दछु।'

प्रकाशित: १५ वैशाख २०८३ १८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App