३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पार्टी फुटाउन लागेको भन्दै गुरुङले गरे विशेष महाधिवेशन पक्षधरको साथ छाडेको घोषणा

पार्टी फुटाउन लागेको भन्दै पर्वतको महाशिला गाउँपालिकाका सभापति कृष्णबहादुर गुरुङ ‘उज्ज्वल’ले विशेष महाधिवेशन पक्षधरको साथ छाडेको घोषणा गरेका छन्। बुधवार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै गुरुङले यस्तो घोषणा गरेका हुन्।

‘कांग्रेस रूपान्तरण हुन जरुरी थियो, कांग्रेसमा ऊर्जा भर्न थियो,’ गुरुङले लेखेका छन्,‘दुई महामन्त्रीको कुरा सुन्दा पार्टी फुटाल्नभन्दा विष पिउँछु र फुट्ने सँघार आए हलबाट बाहिर म जान्छु भन्नुभएको थियो। तर त्यस्तो कुरा रहेनछ।’ 

पार्टी फुट्ने कुराले आफूलाई अहिले आत्मग्लानि भएको उनले लेखेका छन्। ‘आत्मग्लानि गर्दै गल्ती स्विकार्दै विशेष महाधिवेशन औचित्य नरहेको घोषणा गर्दै विशेष महाधिवेशन पक्षलाई साथ छोडेको घोषणा गर्दछु,’ सभापति गुरुङले लेखेका छन्। 

प्रकाशित: ३० पुस २०८२ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App