३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताएका छन्।

महाशिवरात्रि पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले धार्मिक तथा सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरेका हुन्।

सभापति थापाले भनेका छन्, ‘हिन्दू धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, भक्ति र आस्थाका साथ भगवान् शिवको आराधना गरी मनाउने “महाशिवरात्री” हाम्रो धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको एक महत्वपूर्ण एवं पवित्र पर्व हो।’

उनले नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न राष्ट्र भएको र महाशिवरात्रिलगायतका पर्वहरूले अनेकतामा एकताको भाव सुदृढ पार्दै सबै नेपालीबीच आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउन मद्दत गरेको उल्लेख गरेका छन्।

महाशिवरात्रिको अवसरमा उनले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्रदान होस् भन्ने कामना गरेका छन्।नेपाली कांग्रेस का सभापति गगनकुमार थापाले महाशिवरात्रिको अवसरमा सनातन वैदिक धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै देश–विदेशमा रहेका सम्पूर्ण सनातन वैदिक धर्मावलम्बीप्रति शुभेच्छा व्यक्त गरेका हुन्। महाशिवरात्रि पर्व प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ। यस दिन भगवान् शिवको पूजा आराधना गरी व्रत बस्ने परम्परा रहेको छ।

उनको स्टाटस 

प्रकाशित: ३ फाल्गुन २०८२ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App