२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे सरकारका प्रवक्ताले भने: उपयुक्त समयमा हुन्छ

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहको भारतसहितका वैदेशिक भ्रमण उपयुक्त समयमा हुने बताएका छन्।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले अहिले प्रधानमन्त्री कुनै पनि विदेश भ्रमणमा नगएको स्पष्ट पारे।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको भारत जाने वा अन्य कुनै पनि देश जाने समय जतिखेर आउँछ, त्यतिबेला भ्रमण हुन्छ। अहिले उहाँ भारत मात्र नभई कतै पनि जानुभएको छैन।’

प्रवक्ता पोखरेलका अनुसार वर्तमान सरकार अहिले कार्यसम्पादनको सुरुवाती चरणमा रहेकाले आन्तरिक काममा बढी केन्द्रित हुनुपर्ने अवस्था छ। उनले सरकारको पहिलो १०० दिन अत्यन्त व्यस्त र प्राथमिकतायुक्त रहेको उल्लेख गर्दै यही कारण प्रधानमन्त्रीको विदेश भ्रमण नभएको बताए।

‘अहिले हाम्रो पहिलो १०० दिनको कार्यव्यस्तता धेरै छ। सुरुमा हामी सबै काममा बढी केन्द्रित छौँ। त्यसैले अहिले प्रधानमन्त्रीज्यूको भ्रमण नभएको हो,’ उनले भने।

मन्त्री पोखरेलले प्रधानमन्त्रीको सम्भावित विदेश भ्रमणलाई रवि लामिछाने को भ्रमण वा राजनीतिक गतिविधिसँग जोडेर व्याख्या गर्न आवश्यक नरहेको पनि स्पष्ट पारे।

प्रकाशित: ११ जेष्ठ २०८३ १७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App