नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छिन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुब्बाले यस्तो बताएकी हुन्।
१० हजार रुपैयाँ ट्राफिक जरिवाना र राज्यको चरम दबाबका कारण एक युवाले मृत्यु रोज्नुपर्ने अवस्था आएको उनले बताइन्।
यो घटनाले राज्यको असफलता दर्शता देखाएको भन्दै उनले भनिन्,‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ। गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन।’
यस्तै, उनले यस घटनाको छानबिन गर्न माग गरिन्।
प्रकाशित: २६ असार २०८३ १४:०२ शुक्रबार




-600x400.jpg)