१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

किसानका समस्या समाधानमा सरकार गम्भीर : मन्त्री अधिकारी

फाइल तस्बिर

कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन्।

नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघको बिहीबार यहाँ आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले किसानको उन्नति र प्रगतिका लागि यान्त्रिकरण, औद्योगिकीकरण आवश्यक रहेको बताए।

'आफ्नै देशमा उत्पादन बढाउँदै आत्मनिर्भर हुन आवश्यक छ, त्यसका लागि किसानले खेतीयोग्य जमिनको उपयोग गर्न सकौँ,' उनले भने।

प्रकाशित: २० भाद्र २०८२ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App